• १३ साउन २०८१, आइतबार

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक (सूचीसहित)

blog

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय । फाइल तस्बिर

काठमाडौं, फागुन १० गते । निर्वाचन अायोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज (बुधबार) दिउँसो ८८१ जनाको मतदाता नामावली सार्वजनिक गरेको हो ।

सङ्घीय संसद्का ३३१ र प्रदेश सभाका ५५० जनाको नाम सार्वजनिक गर्नुभएको छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउनेछन् ।

यसैगरी, प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ देखि भोलि (बिहीबार) मध्याह्न १२ बजेसम्मको समय तोकिएको छ ।

सो समयमा पर्न आएका निवेदन तथा उजुरीउपर फागुन १२ गते दिउँसो ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।

राष्ट्रपतिको पदका लागि यही फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।