राष्ट्रपति निर्वाचन : ‘छिद्र होइन, कानुनको सकारात्मक व्याख्या गरौँ’
नेपालको संविधानको धारा २६ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ।राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ४ मा राष्ट्रपतिको निर्वाचन मिति तोक्ने व्यवस्था छ।
सर्वपक्षीय सहयोगबाट निर्वाचन सफल
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सर्वपक्षीय सहयोगका कारण गत मंसिर ४ गते सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।
निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताउनुभएको छ ।
एउटै पालिकाबाट ६ जना प्रदेश सांसद
महोत्तरीको मनरासिसवा नगरपालिकाबाट ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचितमध्ये ४ जना महिला र दुई पुरुष सांसद हुनुहुन्छ ।
उम्मेदवार र दललाई निर्वाचन खर्च विवरण पेश गर्न आयोगको ताकेता
निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनभित्रै : प्रमुख निर्वाचन आयुक्त थपलिया
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुन महिनाभित्र हुने जानकारी दिनुभएको छ ।
राष्ट्रपति भण्डारी जलपान समारोहमा सरिक
राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सरिक हुनुभयो ।
सांसद शपथको तयारी : ज्येष्ठ सदस्यमा जबराको सम्भावना
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण मिति सोमबार तय गर्ने भएको छ । सचिवालयले ज्येष्ठ सदस्यको पहिचान गरेर सुरुमा उहाँलाई शपथ ग्रहण गराउने र त्यसपछि अन्य सदस्यको शपथ गर्नेगरी अन्तिम तयारी गरेको छ ।
सफलतापूर्वक निर्वाचन सम्पन्न भएको अवसरमा आयोगद्वारा चियापान कार्यक्रम
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अवसरमा निर्वाचन आयोगले भोलि सोमबार जलपान कार्यक्रमको आयोजना गर्नेभएको छ ।
बाँकेबाट १३ जना महिला सांसद
बाँके जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरेर १३ जना महिलाहरू निर्वाचित हुनु भएको छ । प्रत्यक्षतर्फ प्रदेशसभामा एक जना महिला निर्वाचित हुनु भएको हो भने समानुपातिकबाट १२ जना महिलाले सङ्घीय र प्रदेश सांसद बन्ने अवसर पाउनु भएको छ ।
लुम्विनी प्रदेशको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश
गत मङ्सिर ४ गते सम्पन्न लुम्विनी प्रदेश सभा निर्वाचनको प्रतिवेदन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शनिवार पेश गरिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश सभा अन्तर्गतको लुम्विनी प्रदेशको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गर्नुभएको हो ।
मधेस प्रदेशको प्रदेश सभा निर्वाचन परिणाम प्रतिवेदन प्रदेश प्रमुखलाई
निर्वाचन आयोगले मधेश प्रदेशको प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुखलाई बुझाएको छ । निर्वाचन आयोगका आयुक्त सगुनसम्शेर जवरा नेतृत्वको टोलीले प्रदेश भवनस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख हरिशंकर मिश्रलाई प्रतिवेदन बुझाउनु भएको हो ।
सुदूरपश्चिम प्रदेश सभा निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण
निर्वाचन आयोग नेपालले सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ ।
प्रतिनिधि सभामा निर्वाचित सदस्यको विवरण प्रधानमन्त्रीसमक्ष पेश
निर्वाचन आयोगले प्रतिनिधि सभाका निर्वाचित सदस्यहरूको विवरण प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेस गरेको छ ।
अन्तर्राष्ट्रिय जगतमा नेपाल र निर्वाचन आयोगको प्रतिष्ठा बढ्यो : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तर्राष्ट्रिय जगतमा नेपाल र निर्वाचन आयोगको प्रतिष्ठान बढेको बताउनुभएको छ ।
नयाँ सरकार गठनको बाटो खुला
निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ ।
प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस
निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।
समानुपातिकतर्फ कर्णालीमा १५ महिला एक पुरुष (सूचीसहित)
कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ १६ जना सांसद बनेका छन् । जसमा १५ जना महिला र एक जना पुरुष सांसद बन्नुभएको हो । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएसँगै १६ वटै समानुपातिक सांसदको टुङ्गो लागेको हो ।
समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना
सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत
हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा चार हजार २८५ जना (७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको छ ।
प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० सदस्य निर्वाचित
निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० गरी कुल ८२५ जना सदस्य निर्वाचित भएको जनाएको छ ।
निर्वाचन आयोगको पत्रकार सम्मेलन
निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले पत्रकार सम्मेलन गरेको हो ।
एउटै निर्वाचन क्षेत्रबाट तीन महिला सांसद
सुदूरपश्चिमबाट प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्व नै कम रहेको बेला कैलालीको निर्वाचन क्षेत्र नम्बर १ ले भने तीन जना महिला सांसद पाएको छ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचन : राना थारु समुदायको प्रतिनिधित्व शून्य
अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ ।