• १० मंसिर २०८१, सोमबार

सफलतापूर्वक निर्वाचन सम्पन्न भएको अवसरमा आयोगद्वारा चियापान कार्यक्रम

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ३ गते । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको अवसरमा निर्वाचन आयोगले भोलि सोमबार जलपान कार्यक्रमको आयोजना गर्नेभएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने चियापान कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता, सांसदहरुलाई आमन्त्रण गरिएको आयोगले जनाएको छ । 

कान्तिपथस्थित आयोगको कार्यालय परिसरमा दिउँसो १ बजे आयोजना गरिएको सो जलपान कार्यक्रममा निर्वाचन सम्पन्न गर्न प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार एवम् सञ्चारकर्मी, निर्वाचन पर्यवेक्षण गर्ने निकाय तथा संस्थाका प्रतिनिधि सबैलाई आमन्त्रण गरिएको आयोगले जनाएको छ । 

आयोगले निर्वाचनका परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सातवटै प्रदेश प्रमुखहरुलाई प्रतिवेदन हस्तान्तरण गरिसकेको छ ।