• १० मंसिर २०८१, सोमबार

अन्तर्राष्ट्रिय जगतमा नेपाल र निर्वाचन आयोगको प्रतिष्ठा बढ्यो : उपराष्ट्रपति

blog

उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरूको भेट । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, मङ्सिर २९ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तर्राष्ट्रिय जगतमा नेपाल र निर्वाचन आयोगको प्रतिष्ठान बढेको बताउनुभएको छ ।

बिहीबार आयोगका पदाधिकारीहरूसँगको भेटमा उपराष्ट्रपति पुनले निर्वाचन एक चुनौतीपूर्ण कार्य हुँदा हुँदै पनि यो निर्वाचन विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न भएको उल्लेख गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

उहाँले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गरी समयमै अन्तिम परिणाम घोषणा गर्न सफल भएकोमा आयोगलाई धन्यवाद समेत दिनुभयो ।


भेटका अवसरमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराउनुहुँदै  निर्वाचनको सारसंक्षेप, असल अभ्यास एवम् चुनौतीबारे अवगत गराउनुभएको थियो ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर,सगुन शमशेर जबरा, आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलको उपस्थिति रहेको थियो ।