नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण भोलि हुँदै
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि सोमबार दिउँसो गर्ने तय भएको छ ।
उपराष्ट्रपति पदमा झाको उम्मेदवारी
उपराष्ट्रपति पदका लागि जनमत पार्टीका तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सत्तागठबन्धनबाट उपराष्ट्रपतिमा प्रमीला यादवको उम्मेदवारी
सत्तागठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद प्रमीला यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी दर्ता
जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उपराष्ट्रपतिमा एमालेबाट शाक्यको उम्मेदवारी दर्ता
उपराष्ट्रपति पदमा नेकपा (एमाले) का नेत्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार
नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रपति निर्वाचनको विवरण राष्ट्रपतिसमक्ष पेश
राष्ट्रपति निर्वाचनको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाइएको छ।
उम्मेदवार नेम्वाङको राष्ट्रपति निर्वाचन खर्च १६ हजार पाँच सय
राष्ट्रपति पदमा उम्मेदवार बन्नुभएका नेकपा (एमाले) उपाध्यक्षले निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन खर्च बुझाउनुभएको छ ।
उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवार हुनुपर्ने
निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ ।
आयोगद्वारा राष्ट्रपति निर्वाचन अनुगमन
राष्ट्रिय मानव अधिकार आयोगले पहिलो पटक राष्ट्रपति निर्वाचनको स्थलगत अनुगमन गरेको छ । आज सम्पन्न निर्वाचनमा आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा तीन सदस्य टोलीले अनुगमन गरेको हो ।
चितवन–२ उपनिर्वाचन : १८ दललाई निर्वाचन चिह्न प्रदान
आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ ।
राष्ट्रपति निर्वाचनको मतगणना सुरु
नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज (बिहीबार) सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।
प्रतिनिधि सभाका सभामुखद्वारा मतदान
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।
राष्ट्रपति निर्वाचन : रास्वपा दुवै उम्मेदवारको पक्षमा नखुल्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनमा संसदीय दलको बैठकमा भएको सहमति अनुसार मतदान गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति निर्वाचनमा १ बजेसम्म ६९४ मतदान
राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म ६९४ जनाले मतदान गरेका छन् ।
राष्ट्रपति निर्वाचन : एमाले अध्यक्ष ओलीद्वारा मतदान
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी राष्ट्रपति निर्वाचनमा एमाले अध्यक्ष ओलीले मतदान गर्नुभएको हो ।
नेपाली कांग्रेसका सभापति देउवाद्वारा मतदान
नेपाली कांग्रेसका सभापति एवम् प्रतिनिधि सभा सदस्य शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा मतदान गर्नुभएको छ ।
राष्ट्रपतिको निर्वाचनमा ‘भोट क्रस’ हुने सम्भावना छैन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा ‘भोट क्रस’ हुने सम्भावना नरहेको बताउनुभएको छ ।
गठबन्धनका शीर्ष नेताद्वारा मतदान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित गठबन्धनका शीर्ष नेताहरुले नयाँ राष्ट्रपति चयनका लागि भइरहेको निर्वाचनमा मतदान गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा मतदान
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद् मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसक्नुभएको छ ।
राष्ट्रपति निर्वाचनको मतदान सुरु : पौडेल र नेम्वाङद्वारा मतदान
काठमाडौँ, फागुन २५ गते । बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बिहान १० बजेदेखि राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपतिका उम्मेदवार पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो मत खसाल्नुभएको हो । राष्ट्रपति पदमा दुईजना उम्मेदवार हुनुहुन्छ । पूर्व सभामुख एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि मत खसाल्नुभएको छ । पौडेल नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ भने, नेम्वाङले एमालेका तर्फबाट एकल उम्मेदवार दिनुभएको हो ।राससका अनुसार आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो ।सङ्घीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले तथा प्रदेशसभातर्फ बागमती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पहिलो मतदान गर्नुभयो । मतदाता मतदान स्थलमा पुगिसकेका छन् । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्छ । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । विसं २०६२–६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।
राष्ट्रपति निर्वाचनकाे इतिहास
मुलुकमा २०६२-६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए ।
राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि भोलि (बिहीबार) हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ ।