उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान
यही वैशाख १० गते प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको छ।
चितवन उपनिर्वाचन : केन्द्रीय नेता मत माग्दै टोल–टोलमा
नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो । निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो । कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन् ।
उपनिर्वाचन पर्यवेक्षणका लागि छ संस्थालाई अनुमति
उपनिर्वाचनको पर्यवेक्षण गर्न छ वटा संस्थाले अनुमति पाएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचन पर्यवेक्षणका लागि अनुमति दिएको हाे ।
उपनिर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ।
निर्वाचन जित्ने गरी तयारीमा लाग्नुपर्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा जित्ने गरी तयारीमा लाग्नुपर्ने बताउनुभएको छ ।
उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम् सेवक तालिम
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम् सेवक तालिम सञ्चालन गरेको छ ।
वडा तहमै मतदाता शिक्षा प्रदान गरिने
वैशाख १० गते यहाँ हुने उपनिर्वाचनको लागि वडा तहमै मतदाता शिक्षा प्रदान गरिने भएको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालयले वडा स्तरमै जनशक्ति परिचालनको लागि प्रशिक्षण दिन थालेको छ ।
राप्रपाका उम्मेदवार गुरुङलाई कैद सजाय
उच्च अदालत पाटनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार शोभा गुरुङ चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।
उपनिर्वाचनको तयारी तीव्र
आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवार आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन्।
चितवन क्षेत्र नम्बर २ का २९ स्थल अति संवेदनशील
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. २ का ४३ मध्ये २९ स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ ।
तनहुँ–१ मा नौ जनाको उम्मेदवारी कायम
आगामी वैशाख १० गते तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि नौ जनाको उम्मेदवारी कायम भएको छ ।
आचारसंहिता उल्लङ्घन गर्ने कसैलाई आयोगले छोड्दैन : आयुक्त भण्डारी
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन भए उल्लङ्घन कर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।
उपनिर्वाचन : शुक्रबारबाट आचारसंहिता लागू हुने
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू हुने भएको छ ।
उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च निर्धारण
निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ।
उपनिर्वाचन : उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरिँदै
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज (बुधबार) छानबिन गरिँदै छ ।
लामिछानेविरुद्ध चार उजुरी
आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् ।
चितवन–२ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी
चितवन निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी अयोग्य भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
तनहुँ-१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता
आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भट्टराईले आज उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान
निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ ।
बारामा दिउँसोसम्म पाँच जनाको उम्मेदवारी दर्ता
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारामा सोमबार दिउँसोसम्म पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
चितवन–२ मा रवि लामिछानेकाे उम्मेदवारी दर्ता
वैशाख १० गते हुने उपनिर्वाचनका लागि पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सोमबार उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नागरिक उन्मुक्तिले अन्य दललाई समर्थन नगर्ने
नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।
चितवन–२ मा एक सय ३८ मतदान केन्द्र तोकिए
चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि ४३ मतदान स्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको छ । एक लाख २४ हजार ६९५ मतदाताका लागि सहज हुने गरी केन्द्रहरू तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।