राजनीतिक नियुक्ति शीर्षकमा पनि दलको आम्दानी
राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८÷७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ । तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका व्यक्तिबाट लेभीका रूपमा लिइएको रुपियाँ आम्दानी शीर्षकमा राखिएको हुनसक्ने दाबी गरेको छ ।
उपेन्द्र यादवद्वारा शपथग्रहण
बारा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस
निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।
लामिछाने र वाग्लेले लिनुभयो सांसद पदको शपथ
यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्यले शपथग्रहण गर्नुभएको छ । चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज (शुक्रबार) शपथग्रहण गर्नुभएको हो ।
बारा–२ बाट उपेन्द्र यादव विजयी
बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी हुनुभएको छ ।
बारा-२ मा उपेन्द्र यादवको अग्रता: दुई हजार ६ सयको मतान्तर
बारा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले २२ हजार ५५२ मत ल्याउनुभएको छ।
बारा-२ मा उपेन्द्र यादवको अग्रता : दुई हजार आठ सयको मतान्तर
उपेन्द्र यादवले २२ हजार ९६ मत ल्याउनुभएको छ। उहाँलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मतका साथ पछ्याइ रहनु भएको छ। मतान्तर दुई हजार ८१७ रहेको छ।
बारा–२ मा उपेन्द्र र शिवचन्द्रको मतान्तर २६ सयमा झर्यो
बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रतालाई निरन्तरता दिनुभएको छ।
चितवनमा रविको मत बढ्यो, तनहुँमा स्वर्णिमको उदय
उपनिर्वाचनमा चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन्।
बारा–२ मा उपेन्द्रसँगको मतान्तर घटाउँदै शिवचन्द्र
बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ८०८ मत ल्याउनुभएको छ।
बारा–२ मा उपेन्द्र यादवको अग्रता : ४ हजार ३२२ को मतान्तर
बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ४९६ मत ल्याउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवको स्पष्टोक्ति
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले उपनिर्वाचनका दिन आफू कुनै उम्मेदवारको पक्ष विपक्षमा नभई नातेदारको आमन्त्रणमा बारा क्षेत्र नं. २ को पचरौता नगरपालिकामा गएको निर्वाचन आयोगलाई स्पष्टीकरण दिनुभएको छ ।
बारा–२ मा उपेन्द्र यादवको अग्रता कायमै
बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १५ हजार मत कटाउनुभएको छ।
चितवन – २ मा २२ मध्ये १९ उम्मेदवारको जमानत जफत
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा २२ उम्मेदवार मध्ये १९ जनाको जमानत जफत भएको छ ।
एमाले र कांग्रेसका उम्मेदवारले दिए रविलाई बधाई
चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी उम्मेदवार रवि लामिछानेलाई नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले बधाई दिनुभएको छ ।
चितवन–२ बाट रवि लामिछाने विजयी
चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी हुनुभएको छ ।
रवि लामिछानेकाे कट्याे पचास हजार मत: मतान्तर ४० हजार ८६४
चितवनको उपनिर्वाचनको जारी मतगणनामा रवि लामिछानेले चितवन –२ बाट पचास हजार भन्दा धेरै मत ल्याउनुभएको छ ।
बारा–२ मा उपेन्द्र यादवले कटाउनुभयो १३ हजार मत
बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १३ हजार मत कटाउनुभएको छ ।
जमानत जफत हुनबाट जोगिए एमाले र कांग्रेसका उम्मेदवार : रविको मतान्तर झण्डै ३९ हजार
चितवनको उपनिर्वाचनमा पुराना स्थापित पार्टीका उम्मेदवारहरु जमानत जफत हुनबाट जोगिएका छन ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य वाग्लेलाई प्रमाणपत्र प्रदान
तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।
रवि लामिछाने ३५ हजार मतले अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछाने ३५ हजार १४९ मतान्तरले अगाडि रहनुभएको छ ।
बारा–२ मा उपेन्द्र यादवको अग्रता कायमै
बारा क्षेत्र नम्बर २ को मङ्गलबार बिहान ८ बजेसम्म भएको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राख्नुभएको छ ।
रवि लामिछाने विजय नजिक: गणना हुन बाँकी मत भन्दा मतान्तर धेरै
चितवनको निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय नजिक पुग्नुभएको छ ।
बारा २ मा उपेन्द्रलाई तीन हजार मतको अग्रता
बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउनु भएको छ । उहाँले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहकसँगको मतान्तर तीन हजार पुर्याउनु भएको हो ।