• १२ साउन २०८१, शनिबार

बारा २ मा उपेन्द्रलाई तीन हजार मतको अग्रता

blog

बारा, वैशाख १२ गते । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउनु भएको छ । उहाँले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहकसँगको मतान्तर तीन हजार पुर्‍याउनु भएको हो । 

जसपाका अध्यक्षसमेत रहेका यादवले नौ हजार ८७०, जनमतका कुशवाहले छ हजार ७७१, नेकपा एमालेका पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत पाउनु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १७४ मत प्राप्त गर्नुभएको छ । 

यो पनि पढ्नुहोस

उपनिर्वाचन : बारा–२ मा ६० प्रतिशत मत खस्यो

बारा, चितवन र तनहुँमा शान्तिपूर्णरूपमा मतदान सुरु