• ११ पुस २०८१, बिहिबार

उपनिर्वाचन : बारा–२ मा ६० प्रतिशत मत खस्यो

blog

गढीमाई मतदान केन्द्रमा मतदान गर्दै मतदाता। तस्बिरः शिवशंङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, वैशाख १० गते। बारा क्षेत्र नम्बर २ मा ६० प्रतिशत मतदान भएको छ। सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र ५ बजेसम्म ६० प्रतिशत मतदान भइसकेको सहायक मुख्य निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिनुभयो। 

निर्धारित समय ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले अहिले पनि मतदानका लागि लाम लागेकाले उनीहरूको मतदान सम्पन्न भइसकेपछि मात्र पूर्ण विवरण आउनेछ। तथ्याङ्क सङ्कलन गर्न केही ठाउँमा मोबाइलको नेटवर्क नहुँदा समस्या भएको छ।

यो निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो। मङ्सिरमा भएको चुनावमा एक लाख पाँच हजार ११ जना मतदाता सङ्ख्या रहेको थियो। 

८२ मतदानस्थलमा शान्तिपूर्ण चुनाव गराउन जिल्ला सुरक्षा समितिले एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो।