• १० मंसिर २०८१, सोमबार

चितवन–२ बाट रवि लामिछाने विजयी

blog

उपनिर्वाचनमा विजयी हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, वैशाख १२ गते ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी हुनुभएको छ ।

वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी हुनुभएको हो ।

उहाँले ४२ हजार ९६२ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पार्नु भएको हो । जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याउनु भएको छ ।

त्यस्तै, नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याउनु भएको थियो ।