• १८ असार २०८२, बुधबार

पहिरोले धन्सार भत्किँदा पाँच बाख्रा मरे

blog

पहिरो पन्छाउँदै स्थानीय र प्रहरी । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, असार १८ गते ।
बुधबार राति अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिकामा एक व्यक्तिको धन्सार भत्किएको छ भने पुरिएर पाँच वटा बाख्रा मरेका छन् ।

पहिरोले मर्स्याङ्दी गाउँपालिका–३, तरापुस्थित खुमबहादुर गुरुङको धन्सार भत्किएको हो । धन्सार भित्र रहेका पाँच वटा बाख्रा पुरिएर मरेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी राजकिशोर साह तेलीले बताउनुभयो ।

प्रहरी चौकी खुदीको टोली र स्थानीयले पहिरो पन्छाउन सहयोग गरेका थिए । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।