• १२ साउन २०८१, शनिबार

बारा–२ मा उपेन्द्रसँगको मतान्तर घटाउँदै शिवचन्द्र

blog

शिवशंकर मिश्र

बारा, वैशाख १२ गते। बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार ८०८ मत ल्याउनुभएको छ। 

उहाँलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहले १५ हजार ४५८ मतका साथ पछ्याइ रहनुभएको छ। यसअघि पाँच हजार, चार हजार हुँदै कुशवाहले यादवसँगको मतान्तर तीन हजारमा झार्नुभएको छ। अहिले यादव र कुशवाहको मतान्तर तीन हजार ३५० रहेको छ।

तेस्रो स्थानमा नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले पाँच हजार ५६३ मत ल्याउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद खरेल दुई हजार २६८ मतका साथ चौंथो स्थानमा हुनुहुन्छ।