• १७ पुस २०८१, बुधबार

रवि लामिछाने ३५ हजार मतले अगाडि

blog

चितवन, वैशाख १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछाने ३५ हजार १४९ मतान्तरले अगाडि रहनुभएको छ । 

निर्वाचन क्षेत्र नम्बर २ को इच्छामनकामना गाउँपालिका र भरतपुर महानगरपालिका १० वटा वडा गणना सकिएको छ । कालिका नगरपालिकाका वडाहरूमा गणना चलिराखेको छ । ६० हजार ६७३ मतगणना हुँदा लामिछाने प्रतिस्पर्धीभन्दा ३५ हजार १४९ मतले अगाडि हुनुहुन्छ ।

अब गणना हुन बाँकी मत १७ हजार ६०४ छ । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत ल्याउनुभएको थियो ।  

अहिलेको निर्वाचनको मतलाई हेर्दा मङ्सिरको भन्दा धेरै मत लामिछानेलाई खसेको देखिन्छ । 

नेपाली काङ्ग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार ९५२ मत ल्याउँदा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाउनुभएको छ । निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो ।

Author

शालिग्राम नेपाल