चितवनको ताजा नतिजा : प्रतिस्पर्धी भन्दा तेब्बर मतले लामिछाने अगाडि
चितवनको उपनिर्वाचनमा रवि लामिछानेले प्रतिस्पर्धी दुई पार्टीका उम्मेदवारले पाएको मत भन्दा झन्डै तीन गुणा धेरै मतान्तरले अगाडि रहनु भएको छ ।
रास्वपाका वाग्ले कांग्रेसका भट्टराई भन्दा सात हजार ६७४ मतले अगाडि
तनहुँ–१ को उपनिर्वाचनको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।
इच्छाकामना गाउँपालिकामा पनि रवि अगाडि
चितवनको इच्छाकामना गाउपालिकाको छ वटा वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतान्तर मतान्तर बढाउनु भएको छ ।
चितवन २ मा रास्वपाका लामिछानेलाई अग्रता
चितवन २ को उपनिर्वाचन मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिनुभएको छ । पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा १ र ३ को गणना सकिँदा लामिछानेले ११५५ मत प्राप्त गर्नुभएको छ ।
रवि लामिछानेद्वारा स्पष्टीकरणको जवाफ पेस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष एवं चितवन २ का उम्मेदवार रवि लामिछानेले आफूले आचारसंहिता उल्लङ्घन नगरेको दाबी गर्नुभएको छ । निर्वाचन कार्यालयलाई उहाँले दिनुभएको स्पष्टीकरणको जवाफमा उहाँले सो दाबी गर्नुभएको हो ।
चितवनमा मतगणना सुरु
चितवन २ को मतगणना सोमबार दिउँसो २ बजेबाट सुरु भएको छ। दिउँसो १ बजेबाट हुने भनिएको मत गणना एक घण्टा ढिला सुरु भएको हो।बिहानको बैठकपछि खाना खाएपछि मतगणना सुरु गरिएको हो।
बारा–२ मा मतगणना सुरु
बारा क्षेत्र नं. २ को मतगणना सोमबार दिउँसो १२ः४० देखि सुरु भएको छ । क्षेत्र उत्तरी भेगमा रहेका करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिका मतपेटिका खुलेको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
रास्वपा वाग्लेको अग्रता कायमै, मतान्तर घटाउँदै भट्टराई
आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम भए पनि मन्तान्तरण घट्दै गएको छ ।
चितवनको मतगणना १ बजेबाट सुरु हुने
चितवन -२ को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा आचारसंहिता पालना नगरेकाको अभिलेख निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पठाउने र आवश्यक सतर्कता अपनाएर अगाडि बढ्ने सहमति भएपछि दिउँसो १ बजेबाट मतगणना हुने भएको हो ।
रास्वपाका वाग्लेलाई पाँच हजारको अग्रता
आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिनुभएको छ ।
बारा–२ मा ११ बजेदेखि मतगणना सुरु हुने
बारा क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
रास्वपा अध्यक्ष लामिछानेलाई स्पष्टीकरण सोधियो
आइतबार सम्पन्न मतदानका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् चितवन दुईका उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
बारामा सर्वदलीय बैठक बस्दै, त्यसपछि मत गणना सुरु
बारा–२ मा मत गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मत गणना सुरु गर्ने वातावरण तयार गर्न सूचना जारी गरी बिहान ७ बजेका लागि बैठक आव्हान गरेको हो ।
तनहुँ–१ मा रास्वपाका वाग्ले दोब्बर बढी मतान्तरले अगाडि
तनहुँ–१ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडि हुनुहुन्छ ।
सर्वदलीय बैठक नबस्दा चितवनको मत गणना अझै अन्योल
नेपाली कांग्रेसको अडानका कारण आइतबार राति बस्ने सर्वदलीय बैठक बस्न नसकेपछि मत गणना अझै अन्योलमै छ ।
उपनिर्वाचन : मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा
चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो।
चितवन उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो
चितवनको निर्वाचन क्षेत्र नं. २ मा आइतबार सम्पन्न भएको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको निर्वाचनमा साँझ ५ बजेसम्म सो प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले बताउनुभयो ।
तनहुँमा शान्तिपूर्ण मतदान सम्पन्न : ५२ प्रतिशत बढी मतदान
तनहुँ–१ मा भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। क्षेत्र नम्बर १ अन्तर्गतका पाँच वटा पालिकामा ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो।
रवि लामिछाने र प्रजिअविरुद्ध उजुरी दर्ता
नेपाली काँग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।
अपरान्ह ४ बजेसम्म ५३ प्रतिशत मत खस्यो
चितवनमा जारी मतदानमा चितवन निर्वाचन क्षेत्र २ मा ५३ प्रतिशत मत खसेको छ । एक लाख २४ हजार छ सय ९५ मतदाता रहेको यस क्षेत्रमा ६६ हजार मत अपरान्ह ४ बजेसम्ममा खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।
कृष्णपुर माविस्थलमा रोकिएको मतदान पनि सुरु
आचारसंहिता पालना नभएको भन्दै नाराबाजी गरेपछि केहीसमय रोकिएको मतदान कार्य सुरु भएको छ ।
चर्को घाममा मतदाताको बढ्दो उत्साह (फोटो फिचर)
चितवनमा जारी उपनिर्वाचनमा चर्को घाममा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य अहिले पनि जारी छ ।
उपनिर्वाचन अपडेट : तनहुँमा ४५ प्रतिशत मत खस्यो
तनहुँ क्षेत्र १ को उपनिर्वाचनमा आइतबार शान्तिपूर्ण मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र दिउँसो ३ बजेसम्ममा ४५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
बारा २ मा ५० प्रतिशत बढी मतदान
बारा क्षेत्र २ मा आइतबार दिउँसो अढाई बजेसम्म ५० प्रतिशत बढी मतदान भएको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । केहीबेर अघिसम्म ५० प्रतिशत बढी मतदान भइसकेको सहायक मुख्य निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिनुभयो ।