• ६ वैशाख २०८१, बिहिबार

तनहुँ–१ मा रास्वपाका वाग्ले दोब्बर बढी मतान्तरले अगाडि

blog

अग्रस्थानमा रहनु भएका रास्वपाका डा. स्वर्णिम वाग्ले । तस्बिर: अमरराज नहर्की

तनहुँ, वैशाख ११ गते । तनहुँ–१ को मतगणना राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडि हुनुहुन्छ । बिहान ६ बजे सम्म नौ हजार दुई ४६ मत गणना हुँदा वाग्लेले पाँच हजार १९ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  ।

नेपाली कांग्रेस गोविन्द भट्टराईले दुई हजार ३ सय ५१ मत पाउनु भएको छ भने एमालेका सर्वेन्द्र खनालले एक हजार ५१९ मत पाउनु भएको छ । राति १२ः३० बजेबाट सुरु गरिएको मतगणना ४२ वडा मध्ये पाँच वटा वडाको मतगणना सम्पन्न भएको छ । १ लाख २३ हजार ३०५ मतदाता मध्ये ५२ प्रतिशत मत खसेको थियो ।

Author

अमरराज नहर्की