• १४ पुस २०८१, आइतबार

चितवन उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो

blog

मतदानका लागि लामबद्ध मतदाताहरु । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, वैशाख १० गते । चितवनको निर्वाचन क्षेत्र नं. २ मा आइतबार सम्पन्न भएको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको निर्वाचनमा साँझ ५ बजेसम्म सो प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले बताउनुभयो । 

गत मङसिर ४ गते ६७ प्रतिशत अर्थात ८४ हजार १७ मत खसेको थियो । आज भएको मतदानमा ७६ हजार सातसय ६४ मत खसेको कार्कीको भनाइ छ । नयाँकिरण माध्यमिक विद्यालयमा भएको विवादपछि रोकिएर अबेर मतदान भएपछि तीनसय जनाको संख्यामा मतदाता साँझ ५:३० सम्म मतदान गरेका थिए । 

नयाँकिरण केन्द्रमा करिब साढे तीन घण्टा मतदान रोकिएको थियो । त्यस्तै, भरतपुरको वडा नं. ७ कृष्णपुर मावि केन्द्रमा रास्वपाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै विरोध भएपछि केही समय मतदान कार्य रोएिको थियो । दुवै स्थानमा भएको विवाद समाधान भएपछि  मतदान शान्तिपूर्वक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।