• २१ वैशाख २०८१, शुक्रबार

तनहुँ–१ मा रास्वपाको अग्रता

रास्वपाका वाग्ले कांग्रेसका भट्टराई भन्दा सात हजार ६७४ मतले अगाडि

blog

स्वर्णिम वाग्ले, गोविन्द भट्टराई र सर्वेन्द्र खनाल ।

अमरराज नहर्की 

तनहुँ, वैशाख ११ गते। तनहुँ–१ को उपनिर्वाचनको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । सुरुवातदेखि नै अग्रता लिनुभएका वाग्ले सात हजार ६७४ को फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४२ वडामध्ये २४ वडाको ३५ हजार ३६ मत गणना गर्दा रास्वपाका वाग्लेले १७ हजार ९०२ मत प्राप्त गर्नुभएको छ। निकतम प्रतिस्पधी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २१८ मत पाउनु भएको छ। नेकपा एमालेका सर्वेन्द्र खनालले पाँच हजार ८६६ मत प्राप्त गर्नुभएको छ। उपनिर्वाचनमा एक लाख २३ हजार ३ सय ५ जना मतदाता भए पनि ६३ हजार ७५७ मत खसेको थियो। 

२०७९ को मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३७१ मत ल्याइ विजयी हुनुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत पाउनुभएको थियो । सोही निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाउनुभएको थियो। रास्वपाका वाग्ले कांगे्रस छोडेर उम्मेदवार बन्नुभएको हो।