• १७ असार २०८१, सोमबार

चितवन २ मा रास्वपाका लामिछानेलाई अग्रता

blog

रास्वपा सभापति रवि लामिछाने । फाइल तस्बिर

शालिग्राम नेपाल 

चितवन, बैशाख ११ गते । चितवन २ को उपनिर्वाचन मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता लिनुभएको छ । पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका वडा १ र ३ को गणना सकिँदा लामिछानेले ११५५ मत प्राप्त गर्नुभएको छ । 

नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्र नेकपा एमालेको पकड भएको स्थान भनेर चिनिन्छ । यस पालिकामा प्रमुख र उपप्रमुख एमालेले जितेको छ ।