• २८ पुस २०८१, आइतबार

सर्वदलीय बैठक नबस्दा चितवनको मत गणना अझै अन्योल

blog

चितवनमा मत पेटिकाको सुरक्षा गर्दै कर्मचारी र सुरक्षाकर्मी । तस्बिर: शालिग्राम

चितवन, वैशाख ११ गते । नेपाली कांग्रेसको अडानका कारण आइतबार राति बस्ने सर्वदलीय बैठक बस्न नसकेपछि मत गणना अझै अन्योलमै छ । आज बिहान ८ बजे बैठक बस्ने समय तय भएको छ र बैठक पछि मात्र मत गणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

आचारसंहिताको विषयमा परेको उजुरी माथि छानबिन नभएसम्म मतगणनामा नबस्ने कांग्रेस चितवनले अडान राखेपछि आइतबार बस्ने भनेको सर्वदलीय बैठक नबसी आजलाई डाकिएको हो । कार्यालयले सूचना जारी गरी सोमबार बिहान बैठक बसेर बसेर सहमति जुटेपछि मात्र गणना गर्ने जनाएको छ । राती अबेर भएपनि गणना गर्ने तयारी निर्वाचन कार्यालयको थियो । 

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले राती अबेर सूचना जारी गरी बिहान बैठक बसेर सहमति जुटेपछि गणना गर्ने बताउनु भएको छ । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने रवि लामिछाने र आचारसंहिता उल्लङ्घन गरेकोमा नियन्त्रण गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी माथि परेको उजुरीको विषयमा कार्यालयले छानबिन नगरेसम्म गणना गर्न नदिने अडान राख्नु भएको छ । 

अडानका विषयमा निर्वाचन कार्यालयले प्रस्ट केही बोलेको छैन । अन्योल भएपछि आजलाई बैठक सारेको हो ।

Author

शालिग्राम नेपाल