• ११ असार २०८२, बुधबार

हुम्लाका चार वटा गाउँपालिकाद्वारा बजेट सार्वजनिक

blog

खार्पुनाथ गाउँपालिका आ.व. ०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै । तस्बिर : नन्द सिंह

नन्द सिंह
रलिङ (हुम्ला), असार ११ गते ।
हुम्ला जिल्लामा रहेका सातवटा स्थानीय तह मध्येका चारवटा स्थानीय तहले नयाँ आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेको छ ।

जिल्लाको नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाले आफ्नो गाउँसभा मार्फत नयाँ बजेट सार्वजनिक गरेका हुन् । असार १० गते भित्र गाउँ सभामा बजेट पारिक गर्नुपर्र्नेे कानुनी व्यवस्था अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेका हुन् ।

सिमकोट गाउँपालिका

हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको बजेट ६४ करोडभन्दा बढी रहेको छ । सिमकोट गाउँपालिकाले गाउँ सभामा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम पारित भएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

एघारौं गाउँ सभाबाट पारित भएको बजेट तथा कार्यक्रममा ६४ करोड ३६ लाख ७० हजार २०३ रुपियाँ अनुमान गरिएको छ । यसमा पुँजीगतफर्फ २४ करोड आठ लाख ६९ हजार बजेट रहेको छ भने चालुतर्फ चालीस करोड २८ लाख एक हजार २०३ रुपियाँ रहेको छ ।

यसमा क्षेत्रगत रुपमा आर्थिकमा २४ करोड आठ लाख, ६९ हजार बजेट रहेको छ भने सामाजिकमा एक करोड नौ लाख पचास हजार, पूर्वाधारमा १९ करोड ४६ लाख ६९ हजार, वन वातावरण र विपदमा १७ लाख ८० हजार सुशासन तथा सङ्गठनमा ७० लाख ३१ हजर रुपियँ विनियोजित गरिएको छ ।

गाउँपालिकाको बजेटको आम्दानीका स्रोतमा अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त, समपुरक, सम्मानीकरण, विशेष अनुदान रहेको छ भने राजस्व र आन्तरिक स्रोतलाई पनि समेटिएको छ ।  

खार्पुनाथ गाउँपालिका

खार्पुनाथ गाउँपालिकाले अगामी आर्थिक वर्षका लागि ४७ करोडभन्दा बढी बजेट ल्याएको छ । खार्पुनाथ गाउँपालिकाले पनि शिक्षा, स्वास्थ्य, कृषि, पशु सडक निर्माण, पहिरो नियन्त्रणलाई बजेट तथा कार्यक्रमले प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कणबहादुर रावलले बताउनुभयो ।

गाउँपालिकाले ४७ करोड ६४ हजार ४९९ रुपियाँको बजेट गाउँसभाबाट पारित गरेको छ । यो बजेटको स्रोतमा सङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त अनुादन र राजस्व रहेको छ । कुल बजेटमा पुँजीगततर्फ १९ करोड २१ लाख पाँच हजार २६१ रुपियाँ रहेको छ भने चालुतर्फ २७ करोड ८३ लाख ६४ हजार ४४९ रुपियाँ रहेको छ ।

गाउँपालिकाको बजेटको आम्दानीका स्रोतमा अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त, समपुरक, सम्मानीकरण, विशेष अनुदान रहेको छ भने राजस्व र आन्तरिक स्रोतलाई पनि समेटिएको छ ।

नाम्खा गाउँपालिका

उत्तरी नाम्खा गाउँपालिकाले ३७ करोडभन्दा बढी बजेट ल्याएको छ । मुख्य गरी बजेटले गाउँपालिकाको प्रशासकीय भवनलाई प्राथमितका दिँदै गाउँ सभाले शिक्षा, स्वास्थ्य, पूर्वाधार पर्यटन कृषि र आयआर्जनलाई बजेटले प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । सो पालिकाले ३७ करोड ६८ लाख ५० हजार रुपियाँको बजेट सभाबाट पारित गरेको छ । यो बजेट पुँजीगत र चालु गरी हो ।

गाँउ सभाले आन्तरिक आम्दानीमा राजस्व सङ्कलनबाट २० लाख, अल्या एक करोड पचास लाख गरी एक करोड ७० लाख अनुमान गरेको छ । गाउँपालिकाको बजेटको आम्दानीका स्रोतमा अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सशर्त, समपुरक, सम्मानीकरण, विशेष अनुदान रहेको छ भने राजस्व र आन्तरिक स्रोतलाई पनि समेटिएको छ ।

सर्केगाड गाउँपालिका

सर्केगाड गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६५ करोडभन्दा बढी बजेट ल्याएको छ । सर्केगाड गाउँपालिकाले पनि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा, वातावरण संरक्षण र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । 

सर्केगाड गाँउपालिकाले ५६ करोड ८३ लाख २९ हजार ६ सय ९२ बराबरको बजेट विनियोजित गरिएको छ । यसमा कृषि उत्पादन वृद्धि, युवाहरूको स्वरोजगार, शिक्षा स्तरोन्नति, विपद् व्यवस्थापन तथा सडक पहुँच विस्तारमा प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले कुल बजेटमध्ये चालु तर्फ ३७ करोड ३३ लाख ७० हजार ६ सय ९२ र पुँजीगत तर्फ १९ करोड ४९ लाख ५९ हजार राखेको छ भने भौतिक पूर्वाधार सामाजिक विकास तर्फलाई बढी प्राथमिकता दिएको छ । गाउँपालिकाले कुल बजेट मध्य चालु तर्फ ३७ करोड ३३ लाख ७० हजार ६ सय ९२ र पुँजीगत तर्फ १९ करोड ४९ लाख ५९ हजार राखेको छ भने भौतिक पूर्वाधार सामाजिक विकास तर्फलाई बढी प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो ।

गाउँसभाले आगामी वर्षका योजना पारित गर्दै पारदर्शी कार्यान्वयनमा जोड दिन स्थानीय तहलाई निर्देशन दिएको छ । जनताको चासोका विषयहरूलाई समेट्दै विकासको गति थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरी गाउँसभाले प्रस्तुत बजेट तथा नीति कार्यक्रमलाई सर्वसम्मतिले पारित गर्दै कार्यान्वयनमा नागरिक सहभागिता, पारदर्शिता र जवाफदेहितालाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।