• ११ असार २०८२, बुधबार

लुम्बिनीद्वारा पाँच खेलाडी ‘रिटेन’

blog

काठमाडौँ, असार ११ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले पाँच खेलाडीलाई रिटेन गरेको छ ।

लुम्बिनीले बुधबार रिटेन गरेका खेलाडीको नाम सर्वाजनिक गरेको हो । रिटेन भएका खेलाडीमा सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारी हुनुहुन्छ ।

लुम्बिनीले मङ्गलबार मात्र राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई मार्की खेलाडीको रुपमा रिटेन गरेको जानकारी दिएको थियो । 

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि फ्रेन्चाइज टोलीले खेलाडी रिटेन र रिलिज गर्न थालेका छन् । यसअघि सुदूरपश्चिम रोयल्सले र चितवन राइनोजले पनि केही खेलाडीलाई रिटेन गरेको थियो ।