• ११ असार २०८२, बुधबार

माछापुच्छ्रे गाउँपालिकाको बजेट ६७ करोड ९९ लाख

blog

सन्तोष सुवेदी 
कास्की, असार ११ गते ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ करोड ९९ लाख ५१ हजार बजेट प्रस्तुत गरेको छ । माछापुच्छ्रे गाउँपालिाकाका उपाध्यक्ष सीता अधिकारीले आगामि आर्थिक वर्षका लागि ६७ करोड ९९ लाख ५१ हजार बजेट प्रस्तुत गर्नुभएको थियो ।

जसअन्तर्गत सङ्घीय सरकार वित्तीय समानीकरण अनुदान ११ करोड २४ लाख, सङ्घीय सरकार सर्शत अनुदान २७ कोरोड ९४ लाख, सङ्घ समपूरक अनुदानतर्फ  ८१ लाख, सङ्घीय सरकार राजस्व बाँडफाँट  १२ करोड १९ लाख, सङ्घ रोयल्टी बाँटफाँटबाट ४३ लाख रुपियाँ मात्र अनुमान गरिएको छ ।

प्रदेश सरकार वित्तीय समानीकरण अनुदान एक करोड २६ लाख ५९ हजार, प्रदेश सरकार विशेष अनुदान ४० लाख र प्रदेश सरकार समपुरक अनुदान ६० लाख, प्रदेश सरकार सशर्त अनुदान दुई लाख, प्रदेश राजस्व बाँडफाँटतर्फ एक करोड १२ लाख ४४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजस्व अनुमान दुई करोड ९५ लाख चालु वर्षको बैंक मौज्दात पाँच करोड ६४ लाख ३३ हजार अनुमान गरिएको छ ।

यता विषयगत क्षेत्रगतको पूर्वाधार विकासतर्फ ११ करोड ५० लाख ५० हजार, सामाजिक विकासतर्फ चार करोड ९४ लाख ३३ हजार, आर्थिक विकास तर्फ दुई करोड ४४ लाख आठ हजार, वातावरण तथा  विपद् व्यवस्थापनतर्फ ९५ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ एक करोड ६४ लाख ५० हजार, गाउँपालिका कार्यालय तथा मातहत कार्यालय सञ्चालन तथा व्यवस्थापनमा  १० करोड ८० लाख १० हजार र अन्य फिर्ता गर्नुपर्ने रकमहरु दुई करोड ३५ लाख र वडागत बजेट तर्फ पाँच करोड ४० लाख र सशर्त अनुदानमा २७ करोड ९६ लाख ५१ हजार छुट्टाइएको छ ।

‘पर्यटन, कृषि, उर्जा र पूर्वाधारः समुन्नत माछापुच्छ्रे निमार्ण मूल आधार’ भन्ने मूल नारालाई साकार पार्ने योजनाका साथ आगामी आर्थिक वर्षको बजेट तय भएको उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी, माछापुच्छ्रे गाउँपालिकाको १७ औं गाउँसभाले अबको आर्थिक वर्षदेखि लागू हुने गरी नागरिकता सिफारिस शुल्क नलाग्ने निर्णय गरेको अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो ।