उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं. १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ ।
नयाँ किरणमा स्थगित मतदान सुरु गर्ने तयारी
चितवनको निर्वाचन क्षेत्र नम्बर २ को नयाँ किरण माध्यमिक विद्यालयको मतदानस्थलमा रोकिएको मतदान कार्य सञ्चालन गर्ने तयारी भएको छ । भरतपुर महानगरपालिका –११ को नयाँ किरण माध्यमिक विद्यालयस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको टोली जानेक्रममा निर्वाचन चिन्ह बजाएको भन्दै विरोध गरेपछि मतदान कार्य स्थगित भएको थियो ।
चितवन क्षेत्र २ मा ४७ प्रतिशत मत खस्यो
चितवन क्षेत्र नंम्बर २ मा आइतबार बिहानदेखि दिउँसोसम्म उपनिर्वाचनमा ४७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार दिउँसो २ बजेसम्म ४७ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।
उपनिर्वाचन : बारा -२ मा २२ प्रतिशत मतदान
बारा क्षेत्र नं. २ मा आइतबार दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं. २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
चितवनको नयाँ किरण मावि मतदानस्थलमा मतदान स्थगित
चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।
कांग्रेसका उम्मेदवार भट्टराई र राप्रपाका गुरुङले मात्रै मतदान गर्नुहुँदै
तनहुँ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्ने भएका छन् ।
बारा–२ उपनिर्वाचन : एक घण्टामा पाँच प्रतिशत मतदान
बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनअन्तर्गत आज (आइतबार) बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
मतदानस्थलमा उत्साहपूर्वक सहभागिता, किरियापुत्रीद्वारा मतदान
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनमा किरियापुत्रीले मतदान गर्नुभएको छ ।
तनहुँका सबै मतदान केन्द्रमा निर्वाचन सुरु
तनहुँ–१ को सबै मतदान केन्द्रमा उपनिर्वाचनको मतदान सुरु भएको छ । आइतबार बिहान ७ बजेदेखि ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
अत्यावश्यक बाहेकका सबै सवारी बन्द
चितवनमा आज (आइतबार) अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
बारा, चितवन र तनहुँमा शान्तिपूर्णरूपमा मतदान सुरु
बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आज आइतबार बिहान ७ बजेबाट प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ ।
निर्वाचन कानुनविपरीतका निर्णय खारेज गर्न आयोगको निर्देशन
प्रतिनिधिसभा सदस्यका लागि भोलि हुन लागेको उपनिर्वाचनमा सर्वदलीय सहमतिका नाममा कानूनविपरीतका निर्णय खारेज गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
आइतबार हुने उपनिर्वाचनको तयारी पूरा
प्रतिनिधिसभा सदस्यको आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
उपनिर्वाचनका लागि तनहुँमा दुई हजार सुरक्षाकर्मी परिचालन
आइतबार हुने तनहुँ –१ को उपनिर्वाचनमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना
यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा आज (शुक्रबार) देखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ ।
प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो ।
मतदान केन्द्रमा लगिँदै निर्वाचन सामग्री
जिल्ला निर्वाचन कार्यालय तनहुँले वैशाख १० गते तनहुँ –१ मा हुने उपनिर्वाचनको लागि बिहीबारदेखि मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ ।
शक्तिखोर औद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको शक्तिखोरको औद्योगिक ग्राम निर्माणको काम छिट्टै सम्पन्न गरिने बताउनुभएको छ।
मतदानस्थलमा कर्मचारी खटिए
चितवन क्षेत्र नं. २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिएका छन् । ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् ।
उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध
यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ ।
निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक
निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन उम्मेदवार भई तोकिएको समयावधिभित्र खर्चको विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
उपनिर्वाचन प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको आग्रह
निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारमा हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दललाई आग्रह गरेको छ।
मतदाता परिचयपत्र पहिचान सम्बन्धमा आयोगको निर्देशन
निर्वाचन आयोगले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचन सम्बन्धमा मतदाता परिचयपत्र पहिचान सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।
उपनिर्वाचनमा हेलिकोप्टर प्रयोग गर्नु मितव्ययीता प्रतिकूल हुने
निर्वाचन आयोगले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा हेलिकोप्टर प्रयोग मितव्ययीताको सिद्वान्त प्रतिकूल हुने जनाएको छ ।