• १९ असार २०८२, बिहिबार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

blog

मध्यनेपालको एलिजा घाटमा दुर्घटना भएको ट्याक्टर । तस्बिर ः गोरखापत्र

नवीनराज कुइँकेल

लमजुङ, असार १८ गते । लमजुङको मध्यनेपाल नगरपालिका–४, तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुधबार बिहान भएको दुर्घटनामा घाइते हुनुभएका चालक आयुष्मान गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि अचेत अवस्थामा रहनुभएका चालक गुरुङलाई तत्काल उद्धार गरी दमौली अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको भोर्लेटार प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक यमनारायण अर्यालले जानकारी दिनुभयो ।

१९ वर्षीय गुरुङ बागलुङ काठे खोलाका स्थायी बासिन्दा रहेको र हाल रूपा गाउँपालिका–३ मा बस्दै आउनुभएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भई एलिजा घाटतर्फ खसेको थियो ।