• १६ भदौ २०८१, आइतबार

मतदान केन्द्रमा लगिँदै निर्वाचन सामग्री

blog

जिल्ला निर्वाचन कार्यालय तनहुँमा राखिएको निर्वाचन सामग्री । तस्बिर: अमरराज नहर्की

तनहुँ, वैशाख ८ गते । जिल्ला निर्वाचन कार्यालय तनहुँले वैशाख १० गते तनहुँ –१ मा हुने उपनिर्वाचनको लागि बिहीबारदेखि मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरु गरेको  छ । दुई नगरपालिका व्यास, भानु र तीन गाउँपालिका बन्दीपुर, आँबुखैरेनी र देवघाट गरी पाँच  पालिकामा रहेका ६९ मतदान स्थलका १५२ मतदान केन्द्रका लागि सामग्री पठाइएको हो ।

मतदाता नामावली, मतपेटिका, छेका बारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप, स्टाम प्याड, स्टाम प्याड मसी, पर्मानेन्ट मार्कर, मार्कर पेन, स्केल मेटल पठाइएको छ । यसरी कैँची, ग्लुस्टिक, पञ्चिङ मेसिन, प्लास्टिक थैलो, प्लास्टिक बोरा, दुई मिटर कोरा कपडा, कोरा कपडाको थैलो, लाहा लगायत ६२ प्रकारका सामग्री वितरण गरिएको छ । आज शुक्रबार सम्म सबै केन्द्रमा खटिएका कर्मचारीलाई मतदान सामग्री बुझाइ सकिने निर्वाचन कार्यालयले जनाएको छ । टाढा मतदान केन्द्र भएको स्थानमा भने बिहीबार नै निर्वाचन सामग्री पठाइएको छ । केन्द्रका लागि मतदान एक जना अधिकृत र सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरी सात सय ६० जना कर्मचारी खटाइएको छ ।

ढकालका अनुसार तनहुँ १ मा देवघाट गाउँपालिकाका पाँच वटा वडामा ८ वटा मतदान स्थल र १५ वटा मतदान केन्द्र, आँबुखैरेनी गाउँपालिकामा ६ वटा वडामा ९ वटा मतदान स्थल र १७ वटा मतदान केन्द्र, बन्दीपुर गाउँपालिकामा ६ वटा वडामा ११ वटा मतदान स्थल र २२ वटा मतदान केन्द्र मा कर्मचारी खटिएका छन् । यसै गरी भानु नगरपालिकाको १३ वटा वडामा २१ वटा मतदान स्थल, व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ बाहेक १२ वटा वडाका २० वटा मतदान स्थलमा ४८ वटा मतदान केन्द्रमा कर्मचारी खटाइए छ ।

Author

अमरराज नहर्की