• १२ साउन २०८१, शनिबार

उपनिर्वाचन अपडेट

चितवनमा सुरक्षा व्यवस्था कडा, राजमार्ग सुनसान

blog

राजमार्गको विभिन्न स्थानमा प्रहरीले सवारी साधन चेकजाँचमा कडाइ गर्दै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, वैशाख १० गते । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालयले वितरण गरेको पासविना सवारी साधन सञ्चालनमा रोक लगाएको छ । 

चितवनको पूर्व–पश्चिम राजमार्ग, मुग्लिङ–नारायणगढ सडकखण्ड, पृथ्वीराजमार्गको मुवाखोलासम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । अत्यावश्यक कामका लागि हिँडेको पुष्टि गराउन सकेमा बिरामी बोकेका सवारी साधन, अत्यावश्यक सञ्चालन हुने सवारी मात्र सञ्चालन गर्न दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । 

भरतपुरको बाइपास रोड, गोद्राङ, पुलचोकलगायतको स्थानमा चल्ने सवारीसाधन सञ्चालनमा कडाइ गरिएको छ ।

भरतपुरको बाइपास रोड, गोद्राङ, पुलचोकलगायतको स्थानमा चल्ने सवारीसाधन सञ्चालनमा कडाइ गरिएको छ । भित्री सडकमा समेत सवारी साधन सञ्चालनमा कडाइ गरिएको छ । भरतपुर महानगरपालिका वडा –११ को नयाँकिरण माध्यमिक विद्यालयमा विवादका कारण मतदान कार्य रोकिएपछि चेकजाँच कडाइ गरिएको छ । 

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी छन् ।