• २८ मङ्सिर २०८२, आइतबार

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते

blog

घटना भएको अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटी । तस्बिर : अल जजिरा

काठमाडौँ, मङ्सिर २८ गते । अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ ।

अमेरिकाको रोड आइल्याण्डको प्रोभिडेन्सका सहरका मेयर ब्रेट स्माइलीले ब्राउन युनिभर्सिटीको क्याम्पसमा सक्रिय बन्दुकधारीले गोली चलाउँदा अन्य नौ जना घाइते भएका छन् ।

अल जजिराका अनुसार शनिबार परीक्षा चलिरहेको बेला संयुक्त राज्य अमेरिकाको आइभी लिग क्याम्पसमा गोलीबारी सुरु भएको थियो ।

घाइतेहरूको अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।

रोड आइल्याण्डका अधिकारीहरूका अनुसार सन्दिग्ध अझै फरार छन् । अभियुक्तले कालो कपडा लगाएका थिए र उनीहरु घटनास्थलबाट पैदलै निस्केका थिए । यद्यपि  अझैसम्म कुनै हतियार बरामद नभएको अल जजिराले उल्लेख गरेको छ ।