• १९ असार २०८२, बिहिबार

क्रसरले खनेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

blog

रवीन्द्र उप्रेती

बर्दिबास, असार १८ गते । क्रसरले खनेको खाल्डोमा डुबेर बुधबार अपराह्न एक बालिकाका मृत्यु भएको छ । गौशाला नपा-१०, बटौवा गाउँकी १० वर्षीया करिना मण्डलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

साथीसँग मडाहा खोलामा बाख्रा चराउन गएकी करिना कालीवनी क्रसर उधोग नजिक १०, १५ फिट गहिरो पानी जमेको खाल्डोमा नुहाउन पस्दा डुबेर मृत्यु भएको स्थानीयले जनाएका छन् । 

खाल्डोमा नुहाउन पसेकी करिना निकैबेरसम्म बाहिर ननिस्किएपछि साथै बाख्रा चराउन गएका साथीले हो हल्ला गरेका थिए । खबर थाहा पाए लगत्तै घटनास्थल पुगेको प्रहरी सहयोगमा बालिकालाई खाल्डोबाट निकाली प्राथमिक स्वास्थ्य केन्द्र गौशाला पुर्याउदा चिकित्सकले मृत घोषण गरेका थिए । 

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले बालिकाको शव पोस्टमार्टमका लागि बर्दिबास अस्पताल लगिएको जनाउनु भयो । पीडित परिवार तथा गाँउलेहरुले घटनाको  अनुसन्धान गरी तटीय क्षेत्रमा जथाभाबी खाल्डो खन्ने क्रसरमाथि कारबाही तथा उचित क्षतिपूर्तिको माग राखेका छन् ।