शालिग्राम नेपाल
चितवन, वैशाख १० गते । आचारसंहिता पालना नभएको भन्दै नाराबाजी गरेपछि केहीसमय रोकिएको मतदान कार्य सुरु भएको छ । भरतपुर महानगरपालिका वडा –७ को कृष्णपुर माध्यमिक विद्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीका सभापति रवि लामिछानेसहितको टोली पुगेपछि नाराबाजी भएको थियो ।
लामिछाने पुगेपछि नाराबाजी गर्ने, हल्ला गर्ने गरेपछि आचारसंहिता उल्लङ्घन भएको भन्दै विपक्षी पार्टीका कार्यकर्ताले विरोध जनाएका थिए । उम्मेदवार पुगेपछि होहल्ला भएपछि केही समय समस्या उत्पन्न भएको थियो । अहिले मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो ।