शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भवानीदत्त भट्ट
कञ्चनपुर, पुस १ गते। एक साता पहिले बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ का ३० वर्षीय गब्बु सुनार मंगलबार दिउँसो वडा नम्बर १ स्थित मलेरिया नालामा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, मंसिर २१ गते मजदुरी गर्न भारत जान्छु भन्दै घरबाट निस्कीएका सुनार सम्पर्क बिहिन भएका थिए। तर मंगलबार दिउँसो मलेरिया नालामा सुनारको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले बताउनुभयो।
मृतकको शवको परीक्षण गरेर दाहसंस्कारका लागि परिवारलाई बुझाइएको प्रनाउ बोहराले बताउनुभयो। घटनाको विषय थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।