• १२ साउन २०८१, शनिबार

बारा–२ मा उपेन्द्र यादवको अग्रता कायमै

blog

वीरगन्ज,  वैशाख १२ गते । बारा क्षेत्र नम्बर २ को मङ्गलबार बिहान ८ बजेसम्म भएको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राख्नुभएको छ । 

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार यादवले १० हजार ४७८ मत ल्याउनुभएको छ भने उहाँलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले सात हजार ४० मत ल्याएर पछ्याइरहनुभएको छ । 

नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल चार हजार १४४ मत ल्याएर तेस्रो स्थानमा रहनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशप्रसाद खरेल एक हजार ८८३ मत ल्याएर चौथो स्थानमा रहनुभएको छ ।  

त्यस्तै गरी आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवाली ५९९ ल्याई पाँचौँ स्थानमा रहनुभएको छ । यसअघि बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएका राम सहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित हुनुभएपछि वैशाख १० गते उपनिर्वाचन भएको थियो । 

Author

दीपकप्रसाद गौतम