शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                शिवशंकर मिश्र
बारा, वैशाख १२ गते। बारा निर्वाचन क्षेत्र नम्बर २ मा पछिल्लो परिणामअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रतालाई निरन्तरता दिनुभएको छ। जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर भने केही घट्दै गएको छ।
उपेन्द्र यादवले २० हजार ४६३ मत ल्याउनुभएको भने  जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहले १७ हजार ७९८ मतका साथ पछ्याइ रहनुभएको छ। 
यसअघि पाँच, चार र तीन हजार हुँदै कुशवाहले यादवसँगको मतान्तर २६ सय ६५ मा झार्नुभएको हो। उक्त क्षेत्रमा अब २० हजार मत गणना गर्न बाँकी छ।
तेस्रो स्थानमा नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले छ हजार १२१ मत ल्याउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का रमेशप्रसाद खरेल दुई हजार ४६६ मतका साथ चौंथो स्थानमा हुनुहुन्छ।      
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                