• १० मंसिर २०८१, सोमबार

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

blog

काठमाडौं, चैत २० गते । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ ।

आयोगले आज सूचना प्रकाशन गरी पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको हो । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची २ बमोजिमको तोकिएको ढाँचामा सात दिनभित्र निवेदन दिन आग्रह गरिएको हो । उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम सञ्चालन भइरहेको छ ।

आयोगको निर्णयबमोजिम चितवन निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ तथा बारा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा हुन लागेको हो । रासस