• २९ मङ्सिर २०८२, सोमबार

अग्निपीडित परिवारलाई नगरपालिकाको सहयोग

blog

आगलागीपीडित परिवारलाई राहत सामग्री उपलब्ध गराउनु हुँदै नगर प्रमुख बैजनाथप्रसाद यादव लगायत । तबिस्र सौजन्य : माधवनारायण नगरपालिका, रौतहट


प्रवीण कुमार शर्मा 
रौतहट, मङ्सिर २९ गते ।
रौतहटको माधवनारायण नगरपालिकाले आइतबार आगलागीबाट पीडित एक परिवारलाई तत्काल राहत सहयोग उपलब्ध गराएको छ ।

विद्युत सर्टका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएपछि घरबारविहीन हुनुभएका माधवनारायण नगरपालिका–६ माधोपुरका भोजेन्द्र राय यादवको परिवारलाई  राहतस्वरूप खाद्यान्न तथा दैनिक उपभोग्यका आपत्कालीन सामग्री उपलब्ध गराएको नगर प्रमुख बैजनाथप्रसाद यादवले जानकारी दिनुभयो ।

गएको शुक्रबार राति भएको आगलागीले यादवको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो । आगलागीले घरसँगै घरभित्र रहेका धान, गहुँ, भाँडाकुडा, लत्ताकपडा, गरगहना, नगद तथा दैनिक जीवनयापनका सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा पीडित परिवारलाई शास्ती परेको थियो ।

ग्यास चुल्हो, ग्यास सिलिन्डर, चामल, दाल, नुन, खाने तेल, चिउरालगायतका अत्यावश्यक खाद्यान्न सामग्री तथा न्यानो कपडा, कम्बल, डसनालगायतका सामान उपलब्ध गराइएको उहाँले बताउनु भयो ।

त्यस्तै, पीडित परिवारलाई  अस्थायी आवास व्यवस्थापनका लागि त्रिपाल उपलब्ध गराइएको छ ।

राहत सामग्री हस्तान्तरणका क्रममा नगरप्रमुख यादवले विपद्जन्य घटनामा स्थानीय सरकारको पहिलो दायित्व पीडितको पीडामा साथ दिनु रहेको बताउनुभयो ।