• १० मंसिर २०८१, सोमबार

बारामा दिउँसोसम्म पाँच जनाको उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन कार्यालय पुग्नुभएको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली । तस्बिर : शिवशंकर मिश्र

शिवशंकर मिश्र
बारा, चैत २० गते । 
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारामा सोमबार दिउँसोसम्म पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले बारा निर्वाचन क्षेत्र नम्बर २ मा  दिउँसो साढे १ बजेसम्म पाँच जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।

उम्मेदवारी दर्ता गराउनुहुनेमा हाम्रो नेपाली पार्टीका चन्द्र प्रकाश सुवेदी र स्वतन्त्रबाट विनोदकुमार कर्ण, ध्रुपलाल हजरा, उमा कुमारी र गिर्जा कुमारी हुनुहुन्छ ।  उम्मेदवारी दर्ताका लागि आज अपराह्न ५ बजेसम्मको समय तोकिएको छ ।

यसैगरी, नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादव, राष्ट्रिय जनमुक्ति पार्टीका  डा. हरिबुल अहमान अन्सारी, आम जनता पार्टीका अरुण ज्ञवाली र स्वतन्त्रबाट दिनेशप्रसाद यादवले उम्मेदवारी दर्ता गराउने क्रममा हुनुहुन्छ ।