विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर २९ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।प्रहरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबाट जरिवाना पाएका १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कुटपीट मुद्दामा जरिवाना पाएका डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ का गजेन्द्र मरिक, शिबिन्द मरिक, गुरिया देवी मरिक र भरत यादव रहनुभएको छ ।
यसैगरी कुटपीट, लुपपीट मुद्दामा जरिवाना पाएका महादेवा गाउँपालिका वडा नम्बर १ का सुरेन भन्ने सुरेन्द्र यादव, बिरेन भन्ने बिरेन्द्र यादव, अवैध साल काठ चिरान चोरी निकासी मुद्दामा रुपनी गाउँपालिका ६ का राजन तमाङ्ग, लुटपीट मुद्दामा साविक लोहजरा गाविस वडा नम्बर –९ का किरण राज मिश्र, शेखर राज मिश्र, निलम राज मिश्र, शान्ति देवी मिश्र, प्रकाश राज मिश्र, रहनुभएको हो ।
त्यस्तै, झुठा नेपाली नागरिकता प्रमाण पत्रसम्बन्धी मुद्दामा राजविराज नगरपालिका वडा नम्बर १६ का रिषिनारायण देवसहित १३ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
फैसला कार्यान्वयनको सिलसिलामा सप्तरी जिल्ला अदालत राजविराजबाट जरिवना भइ फरार सुचीमा रहनुभएका उहाँहरुलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।
पक्राउ परेका प्रतिवादीहरुबाट एक लाख नौ हजार दुई सय ९५ रुपियाँ जरिवाना उसुल उपर हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।