• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिको निर्वाचनमा ‘भोट क्रस’ हुने सम्भावना छैन : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजादी) का अध्यक्ष माधवकुमार नेपाल संसद् भवन नयाँबानेश्वरमा बिहीबार राष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं, फागुन २५ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा ‘भोट क्रस’ हुने सम्भावना नरहेको बताउनुभएको छ ।

बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले जनताबाट निर्वाचित भएका नेताहरु आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले नेताहरुले मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले पार्टीमा नजोडिएका सांसदहरुले पनि आफ्नै मान्यताको आधारमा निर्णय गर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘‘जनताबाट निर्वाचित भएका नेताहरु आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिन्छन् । मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेछन् । यस अर्थमा विभिन्न पार्टीसँग जोडिएकाहरु, पार्टी पार्टीको निर्देशनका आधारमा नजोडिएका स्वतन्त्र व्यक्तिहरु आफ्नै मान्यताको आधारमा निर्णय गर्दछन् । त्योभन्दा भिन्न ढङ्गले अरु कुरामा प्रभावित भएर चल्छन् जस्तो लाग्दैन ।’’ राष्ट्रपतिको निर्वाचन अहिले जारी छ ।