• २५ जेठ २०८२, आइतबार

बिर्तामोडमा विज्ञान प्रदर्शनी सुरु, पूर्व राष्ट्रपतिद्वारा उद्घाटन

blog

लीलाराज खड्का 

बिर्तामोड, जेठ २४ गते । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न वर्तमान समयमा आएको विज्ञान तथा प्रविधिमा भएको विकासलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभएको छ । 

शनिबारदेखि झापाको बिर्तामोडमा नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले सुरु गरेको तीन दिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनी कार्यक्रमको सुरु गर्दै उक्त कुरा बताउनुभएको हो । 

देवी माध्यमिक विद्यालयमा आयोजित उक्त प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मोबाइल एप ‘टच’ प्रयोग गरी दीप प्रज्वलन गर्दै सुरुवात गर्नुभयो । 

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले प्रदर्शनीबाट आएको खोज र आविष्कारलाई व्यवहारमा उतार्ने पार्टीको प्रतिबद्धता रहेको बताउनुभयो । प्रदर्शनीमा कोशी प्रदेशका पाँच सय विद्यार्थी प्रतिस्पर्धात्मक रूपमा सहभागी छन् भने १ लाख विद्यार्थीको सहभागिता रहने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताका विजेता विद्यार्थीलाई चार लाख रुपियाँसम्मको नगद पुरस्कार प्रदान गरिने विभागका संयोजक गणेश पोखरेलले जानकारी दिनुभयो ।

प्रदर्शनी बिर्तामोडको देवी माविमा यहि जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।