• १३ साउन २०८१, आइतबार

राष्ट्रपति पदका दुवैजनाको उम्मेदवारी कायम

blog

राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ । फाइल तस्बिर

काठमाडौं, फागुन १६ गते । राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली मंगलबार अपरान्ह प्रकाशित भएको छ । 

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगअन्तर्गतको निर्वाचन अधिकृत कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति पदमा वर्णानुक्रम अनुसार रामचन्द्र पौडेल र सुवास चन्द्र नेम्वाङ दुईजनाको अन्तिम नामावली प्रकाशन गर्नुभएको हो । 

पौडेल पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता र नेम्वाङ पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष हुनुहुन्छ । 

निर्वाचन अधिकृत कार्यालयले फागुन १६ गते मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएकोमा सो समयभित्र कुनै पनि उम्मेदवारको नाम फिर्ता नलिएको जानकारी दिएको छ । 

तनहुँ, ब्यास नगरपालिका २, अमरापुरीका पौडेल ७८ वर्ष रहनुभएको विवरण आयोगको सूचनामा उल्लेख छ । यसैगरी, उहाँको बुवा दुर्गाप्रसाद पौडेल, आमा ऋषि माया पौडेल र पत्नी सबिता पौडेल हुनुहुन्छ । 

इलामको इलाम नगरपालिका ७, सुन्तलाबारीका नेम्वाङ ७० वर्ष उमेरको हुनुहुन्छ ।  उहाँको बुवा राम बहादुर नेम्वाङ, आमा अपिन्द्र कुमारी नेम्वाङ र श्रीमती विशाल नुमा नेम्वाङ हुनुहुन्छ ।

यो पनि पढ्नुहोस

जिते राष्ट्रपति, हारे सांसद कायमै