• १५ वैशाख २०८१, शनिबार

कांग्रेस उपसभापति धनराज गुरुङ स्याङ्जाबाट प्रतिनिधि सभामा विजयी

blog

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १७ गते । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभएको छ । 

नेता गुरुङले ५ हजार ६२७ मतान्तरसहित विजयी हुनुभएको जानकारी निर्वाचन अधिकृत रामचन्द्र शर्मालेले दिनु भयाे । 

अन्तिम नतिजा अनुसार कांग्रेसका गुरुङले ३१ हजार ४६६ मत  प्राप्त गर्नुभएकाे छ । 

उहाँका निकतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार पद्मा अर्यालले २५ हजार ८२९ मत ल्याउनुभएको छ । उहाँ पूर्वमन्त्री एवम् सोही क्षेत्रबाट यसअघि निर्वाचित हुनु भएको थियो । 

गुरुङ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित हुनुभएको हो । उहाँ संविधान सभा सदस्य पनि हुनुहुन्छ । वि.सं. २०३६ बाट राजनीतिमा प्रवेश गरेका गुरुङ २०५३ मा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति हुनुभयाे । २०५४ सालमा तरुण दलका महामन्त्री र त्यसपछि कांग्रेस स्याङ्जा जिल्ला कार्यसमिति सदस्य भएका गुरुङ राजनीतिक सङ्घर्ष क्रममा विभिन्न समयमा पक्राउ र हिरासत भोग्दै आउनुभएका नेता हुनुहुन्छ । 

गुरुङले युवालाई प्रजातान्त्रिक उद्देश्यका लागि एक्यबद्ध गर्ने कुरामा विशेष रुचि राख्‍नुहुन्छ । गुरुङले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ प्रखर वक्ता पनि हुनुहुन्छ ।