दार्चुलामा १० हजार मत बदर
दार्चुलामा प्रत्यक्ष र सामानुपातिक तर्फका गरी १० हजार २३ मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक हजार ९४० मत बदर भएको हो । प्रतिनिधिसभा प्रत्यक्षमा ५७ हजार ६६३ मत खसेकोमा एक हजार ९४० मत बदर र ५५ हजार ७२३ मत सदर भएको छ ।
स्याङ्जा २ को मतगणना आज साँझदेखि सुरु हुँदै
स्याङ्जा क्षेत्र नं. २ को मतगणना शुरु गर्नका लागि आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाइएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार निर्वाचन आयोगले तत्काल मतगणना शुरु गर्न निर्देशन दिएपश्चात आजबाट मतगणना सुरु गर्ने तयारी गरिएको हो ।
ताप्लेजुङमा चार प्रतिशत मत बदर
ताप्लेजुङमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा करिब चार प्रतिशत मत बदर भएको छ ।
समानुपातिकमा २७ लाख मतसहित एमाले पहिलाे, थ्रेसहाेल्ड काट्ने प्रयासमा एकीकृत समाजवादी
समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले २७ लाख मत कटाएको छ । निर्वाचन आयोगकाअनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख तीन हजार ९५७ मत पाएको हो । नेपाली कांग्रेसले २५ लाख ६४ हजार २८७ मत पाएर समानुपातिकतर्फ दोस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले ११ लाख ४६ हजार ७३३ मतसहित तेस्रो स्थानमा छ ।
नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभामा तीन सिट
दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रुपमा प्रस्तुत भएको छ
सुनसरी –४ को मतगणनामा कार्कीको अग्रता
तीन दिनदेखि स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि सुनसरी ४ मा सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिनुभएको छ । हालसम्म भएको २८ वटाको मतगणना हुदाँसम्म ३९९ मतले अग्रता कायम गर्नुभएको हो ।
झापामा १६ दलले सय मत कटाएनन्
झापामा निर्वाचनमा ५३ वटा राजनीतिक दल समानुपातिक निर्वाचनमा सहभागिता भएकोमा १६ वटा राजनीतिक दलहरु एक सय मतपनि नकटाएको पाईएको छ ।
ओखलढुङ्गामा १४ जनाको जमानत जफत
प्रतिनिधी सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा ओखलढुङ्गाका १४ जना उम्मेदवारको जमानत जफत भएको छ । कूल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधी सभातर्फका ६ जना र प्रदेश सभातर्फका आठ जनाको उम्मेदवारको धरौटी जफत भएको हो ।
पाँचथरमा एमालेका नेम्वाङ ४६ मत अन्तरले विजयी
पाँचथर जिल्लामा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राती १०ः०० बजे प्रकाशन गरेको अन्तिम परिणाम अनुसार एमालेका वसन्तकुमार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
स्याङ्जा क्षेत्र नं. २ मा मतगणना अनिश्चित, मतपेटिकामा मुसा लाग्ने डर
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि मङ्सिर ४ गते सम्पन्न भएको मतदानबाट देशका प्रायः सबै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। कसले सरकार बनाउने र को प्रधानमन्त्री हुने भन्ने चर्चा जताततै छ। तर, स्याङ्जा क्षेत्र नं. २ को मतगणना भने अझै अनिश्चित छ। मतदाताले प्रदान गरेको मत वालिङ नगरपालिका कार्यालयको बन्द कोठामा राखिएको छ। प्रत्यक्ष र समानुपातिक मतपेटिका फरक–फरक ठाउँमा थन्क्याएपछि नेकपा (एमाले)ले सडकमा आन्दोलन गरिरहेको छ। जसका कारण मतगणना अलपत्र परेको हो। मतपेटिका राखिएका कोठाहरू बाहिरबाट चापी लगाएर सिल गरिएको छ। नेपाली कांग्रेस, एमालेलगायतको दलका प्रतिनिधिहरूकै उपस्थितिमा कोठा सिल गरिएको हो। मतपेटिका राखिएको कोठाबाहिर सशस्त्र प्रहरी र जनपद प्रहरीले कडा सुरक्षा दिइरहेका छन्।
बागमती प्रदेश सभामा प्रत्यक्ष निर्वाचनमा प्रमुख दल हाबी
प्रदेश सभा सदस्य पहिलो पटक २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस दोस्रो प्रदेश सभा सदस्य निर्वाचनपछि पहिलो बनेको छ। ११० सदस्यीय रहेको बागमती प्रदेश सभामा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीबाट ६६ जनाले प्रतिनिधि गर्ने संवैधानिक व्यवस्थाअनुसार यस पटकको निर्वाचनबाट कांग्रेसका सबैभन्दा धेरै उम्मेदवार विजयी भएर ठूलो दल बनेको हो। ४४ जना प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था रहेको छ।
प्रदेश सभा निर्वाचन : माओवादी केन्द्र ५५ स्थानमा विजयी
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ स्थानमध्ये १७ स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेशको प्रत्यक्षतर्फ भने हालसम्म ५५ स्थानमा विजय हासिल गरेको छ। प्रदेश १ को प्रदेश सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ। हालसम्म राजेन्द्र कार्की सङ्खुवासभा (क), गणेशप्रसाद उप्रेती मोरङ २ (क), जीवन आचार्य मोरङ ६ (क)मा निर्वाचित हुनुभएको छ। त्यस्तै गोम्बु शेर्पा सोलुखुम्बु १ (क), बाबुराम गौतम ओखलढुङ्गा १ (ख), दुर्गाप्रसाद चापागाईं तेह्रथुम (ख) र नारायणबहादुर मगर उदयपुर २ (क)बाट निर्वाचित हुनुभएको छ। प्रदेश १ को प्रदेश सभामा कुल ५६ स्थान रहेको छ।
एकै परिवारबाट विजयी सांसद
भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा एकै परिवारका सदस्य तथा आफन्तहरू पनि विजयी भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित जुली महतो सोही पार्टीका सचिव रघुवीर महासेठकी श्रीमती हुनुहुन्छ । महासेठ पनि धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । महतो पहिलो पटक प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ यसअघि दुई पटक पार्टीका तर्फबाट समानुपातिक सांसद हुनुहुन्थ्यो ।
उदयपुर १ बाट परराष्ट्रमन्त्री डा. खड्का विजयी
नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ ।
सुनसरी क्षेत्र ३ (क) प्रदेश सभामा एमालेका कार्की विजयी
सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ (क) मा प्रदेश सभा सदस्यका उम्मेदबार नेकपा एमालेका रोहित कार्की विजयी हुनुभएको छ । उहाँले १८ हजार ६४१ मतसहित विजयी हुनुभएको हो ।
सुनसरी क्षेत्र नं. ३ (ख) प्रदेश सभामा यादव विजयी
सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ३० वर्षपछि नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।
सुनसरी क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा एमालेकी चौधरी विजयी
सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यतर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेकपा (एमाले) तर्फको उम्मेदवार भगवती चौधरीले ४० हजार ७८८ मतसहित विजयी हुनुभएको छ ।
मतदातालाई बधाई दिन व्यस्त जनप्रतिनिधि
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधि गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन व्यस्त देखिनुभएको छ। गुल्मी निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारी आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवादसँगै बधाई दिन व्यस्त हुनुहुन्छ।
समानुपातिक मतगणना : एमालेले २६ लाख कटायो, कांग्रेसको २५ लाख मत
समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २६ लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार साँझसम्मको गणनामा एमालेले २६ लाख ५१ हजार ६७२ मत पाएको हो।
गणक फेरिए, कार्कीको अग्रता कायमै
शनिबार दिउँसोबाट स्थगित भएको सुनसरीको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य तीन दिनपछि सुरु भएको छ ।
आयोगको निर्णय कुर्दै निर्वाचन कार्यालय बाजुरा
बाजुराको मतगणनाको काम निर्वाचन आयोगको निर्णयपछि मात्र हुने भएको छ। जिल्लाका नौ वटै स्थानीय तहका झण्डै ७० वटा मतादानस्थल तथा ११२ वटा मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको भए पनि मतगणनाको काम अझै हुन सकेको छैन।
स्याङ्जा–२ र बाजुरामा मतगणना गर्न कांग्रेसका वरिष्ठ नेता पौडेलको आग्रह
नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मतगणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
धनुषा ४ को (ख) मा एमालेका महतो विजयी
धनुषा निर्वाचन क्षेत्र नं.४ को प्रदेशसभा (ख) मा नेकपा (एमाले)का हरिनारायण महतो निर्वाचित हुनुभएको छ ।
मधेश प्रदेशमा एमाले पहिलो र कांग्रेस दोस्रो दल
मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ । अन्य क्षेत्रमा हिजो नै मतगणना सम्पन्न भए पनि आज बिहान धनुषा ४ र धनुषा—४(२) को अन्तिम नतिजा आएसँगै प्रत्यक्षतर्फ प्रतिनिधिसभाका ३२ र प्रदेश सभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोग मधेश प्रदेश कार्यालयले जनाएको छ ।