• २१ फागुन २०८०, सोमबार

सुनसरी क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा एमालेकी चौधरी विजयी

blog

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर १३ गते । सुनसरीको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यतर्फको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेकपा (एमाले) तर्फको उम्मेदवार भगवती चौधरीले ४० हजार ७८८ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेंसका उम्मेदवार विजयकुमार गच्छदारले ३५ हजार ६०० मत ल्याउनुभयो ।

यसअघि २०७० र २०७४ सालको निर्वाचनमा नेता गच्छदार भगवती चौधरीलाई पराजित गर्दै विजयी हुनुभएको थियो । एमाले नेत्री चौधरीले तेस्रो प्रयासमा नेता गच्छदारलाई पराजित गर्न सफल हुनुभएको हो ।