• १५ चैत २०८०, बिहिबार

सुनसरी क्षेत्र ३ (क) प्रदेश सभामा एमालेका कार्की विजयी

blog

प्रदेश सभातर्फ निर्वाचित नेकपा एमालेका रोहित कार्की । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर १३ गते । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ (क) मा प्रदेश सभा सदस्यका उम्मेदबार नेकपा एमालेका रोहित कार्की विजयी हुनुभएको छ । उहाँले १८ हजार ६४१ मतसहित विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सरस्वती पोखरेलले ९ हजार ४९८ मत ल्याउनुभयो । कार्कीले प्रदेश १ की उपसभामुख समेत रहनुभएकी पोखरेललाई फराकिलो मत अन्तरले पराजित गर्दै विजयी हुनुभयो । 

निर्वाचित कार्की नेकपा एमाले प्रदेश कमिटी सदस्य हुनुहुन्छ । सुनसरी निर्वाचन क्षेत्र नं ३ को प्रदेश (क) मा ४३ हजार ३ सय १९ मत खसेको थियो ।