प्रतिनिधि सभातर्फ सात स्थानको मत परिणाम आउन बाँकी
प्रतिनिधि सभातर्फको १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा छ ।
सुदूरपश्चिममा नौ पूर्वमन्त्रीहरु पराजित
सुदूरपश्चिममा सङ्घीय नौ पूर्वमन्त्रीहरु आमनिर्वाचनमा पराजित भएका छन् । ती मध्ये सबैभन्दा बढी कैलालीका पाँच जना पूर्व मन्त्री पराजीत भएका छन् ।
दैलेख १ बाट समाजवादीका थापा विजयी
दैलेख निर्वाचन क्षेत्र न १ बाट प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अमर बहादुर थापा १८ हजार २९७ मत सहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रबिन्द्रराज शर्मा १७ हजार ४४७ मतमै सीमित हुनुभयो ।
महोत्तरी १ (क) बाट एमालेकी थापा विजयी
महोत्तरी क्षेत्र नं १ (क) को प्रदेश सभा सदस्यमा एमालेकी शारदादेवी थापा निर्वाचित हुनुभएको छ । यो उहाँको दोस्रो इनिङ हो ।
महोत्तरी १ गिरिराज मणि पोखरललाई हराउँदै काेइरी विजयी
महोत्तरीको निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता लझ्मी महतो काेइरी विजयी हुनु भएको छ ।
महिलालाई मन्त्री बन्न सकस
मङ्सिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिमतिर आइपुगेको छ । त्यस्तै समानुपातिकतर्फको मतगणनाको प्रारम्भिक रुझानले कुनै पनि दल वा गठबन्धनलाई स्पष्ट बहुमत प्राप्त नहुने देखिएको छ । तथापि सङ्घीय सरकार निर्माणका लागि दलहरूले सुरुवाती वार्ता थालेका छन् ।
सत्ता गठबन्धनलाई प्रत्यक्षमा बहुमत
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सत्ता साझेदार पाँचदलीय गठबन्धनले ५० प्रतिशतभन्दा बढी सिटमा विजयी हासिल गरेको छ । नयाँ राजनीतिक दलको उदयले प्रभाव क्षेत्रमै प्रमुख दलहरू पराजित भए पनि पाँचदलीय गठबन्धनले सरकार गठबन्धनका लागि सुविधाजनक बहुमत प्राप्त गरेको हो ।
रामेछापबाट काँग्रेसका कान्छाराम विजयी
रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्नुभई उहाँ विजयी हुनु भएको छ ।
विद्यार्थीबाटै उदाएका विजेता
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा केन्द्रीय विद्यार्थी सङ्गठनको राजनीतिक पृष्ठभूमिबाट आएका उल्लेख्य उम्मेदवारले जितेका छन्। प्रमुख दल कांग्रेस, नेकपा (एमाले), माओवादीलगायत साना दलबाट समेत पार्टीको ‘नर्सरी’ मानिने विद्यार्थी सङ्गठनलाई आधार बनाएर उदाएका व्यक्तिहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन जितेका हुन्।
एक हजार ९२१ जनाको धरौटी गुम्ने खतरा
हालसम्म सार्वजनिक भएको नतिजाका आधारमा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ करिब पाँच सय जनाले मात्र धरौटी बचाउन सफल भएका छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले उम्मेदवारी दिँदा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाएको धरौटीबापतको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारीका लागि १० हजार रुपियाँ धरौटी राख्नुपर्ने नियम छ।
कर्णाली प्रदेश सरकार : एकल बहुमतको सम्भावना कम
कर्णाली प्रदेश सरकार गठनका लागि दलहरूको एकल बहुमत पुग्ने सम्भावना कम भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत कर्णालीको सार्वजनिक मतपरिणामअनुसार दलहरूको एकल बहुमत नपुग्ने देखिएको हो। उसो त सत्तारूढ गठबन्धन र नेकपा (एमाले)बीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। सत्तारुढ गठबन्धनको भागबन्डामै एकल बहुमत आउने सम्भावना छ। निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै सरकार गठनको अड्कलबाजीसमेत भइरहेको छ।
सत्तारूढ गठबन्धनको सरकार सहजै बन्ने
सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनको सहजै प्रदेश सरकार गठन हुने प्रदेश सभा सदस्यको सङ्ख्या पुग्ने भएको छ। ५३ सदस्यीय सुदूरपश्चिम सभाका प्रत्यक्ष ३२ मध्ये ३० क्षेत्रको परिणाम सार्वजनिक भएको छ। सरकार बनाउन २७ प्रदेश सभा सदस्य आवश्यक पर्नेमा अहिलेसम्म गठबन्धनका दलहरूले प्रत्यक्षका २० सिट जितेका छन्।
प्रक्रिया नपुर्याइएको खर्च विवरण अमान्य : निर्वाचन आयोग
गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफ्नो निर्वाचन खर्च निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै सार्वजनिक गर्नुभयो । यद्यपि आयोगले उहाँलाई जरिवाना तिर्नुपर्ने उम्मेदवारको सूचीमा राख्यो । तर स्थानीय तह निर्वाचन निर्देशिकाले उम्मेदवारले खर्च विवरण सार्वजनिक गर्नुका साथै निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेकोमा शाहले निर्वाचन कार्यालयमा समयमै खर्च नबुझाउँदा आयोगको कारबाहीमा पर्नुभयो ।
इलाम क्षेत्र २ (ख) मा कांग्रेसका गिरी विजयी
इलाम क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका गोविन्द्र गिरी विजयी हुनुभएको छ । गिरीले १६ हजार ६५८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । गिरीले नेकपा (एमाले) का गणेशप्रसाद बराललाई १२ सय ११ मतले पछि पार्नुभएको छ ।
इलाम क्षेत्र २ मा संविधान सभा अध्यक्ष नेम्वाङ निर्वाचित
संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । उहाँ पाँचौं पटक विजयी बन्नु भएको हो । यस पटक नेम्वाङ ३० हजार २० मत प्राप्त गर्दै विजयी बन्नुभयो ।
सुनसरी क्षेत्र नम्बर २ मा एमालेका भीम आचार्य निर्वाचित
सुनसरी २ मा नेकपा (एमाले) का उम्मेदवार भीम आचार्य निर्वाचित हुनुभएको छ । उहाँ ३२ हजार ८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
मुगुको प्रदेश (ख) बाट माओवादीका शाही विजयी
मुगु जिल्लाको निर्वाचन क्षेत्र नं. को प्रदेश सभा (ख) बाट गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मंगलबहादुर शाही विजयी हुनुभएको छ ।
मुगुको प्रदेश (क) बाट (एमाले) का जितबहादुर मल्ल विजयी
मुगु जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) बाटा नेकपा (एमाले) का जित बहादुर मल्ल विजयी हुनुभएको छ ।
मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी
मुगुको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ऐन बहादुर शाही विजयी हुनु भएको छ ।
सुनसरी २ (ख) मा एमालेका मेहता निर्वाचित
सुनसरी क्षेत्र नं. २ (ख) बाट नेकपा (एमाले) का रामप्रसाद मेहता विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालालाई चार सय ६२ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी
नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट ४३० मतान्तरले प्रतिनिधि सभाको सदस्यमा विजयी हुनु भएको छ ।
सर्लाही (ख) बाट कांग्रेसका कौशलकिशोर राय विजयी
जनार्जन खत्रीसर्लाही, मङ्सिर १० गते । सर्लाही क्षेत्र नम्बर २ -ख_ बाट नेपाली कांग्रेसका कौशलकिशोर राय प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।राय १७९ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । रायले नौ हजार ६२६ मत प्राप्त गर्नुभयो ।उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मेथुर चौधरीले नौ हजार ४४७ मत पाउनुभयो । चौधरी जिल्ला समन्वय समिति सर्लाहीका निवर्तमान सभापति हुनुहुन्छ ।यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्य अशोक कुमार यादव तेस्रो हुनुभयो । जनता समाजवादी पार्टी -जसपा_ का यादवले आठ हजार ९४० मत प्राप्त गर्नुभयो ।मतगणना भर निकै कडा प्रतिस्पर्धाका बीच अन्तिममा कांग्रेसका राय १७९ मतको अन्तरले विजयी हुनुभयो । योसँगै सर्लाहीमा प्रत्यक्षततर्फ चारवटै प्रतिनिधि सभा र आठवटै प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।समानुपातिकतर्फको भने सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी नै रहेको छ ।
सर्लाही २ मा महिन्द्र राय तेस्रो पटक विजयी,राजेन्द्र महतो पराजित
सर्लाही क्षेत्र नम्बर २ बाट (नेकपा माओवादी) केन्द्रका उम्मेदवार महिन्द्र राय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
रुपन्देहीबाट प्रतिनिधि सभा सदस्यमा कांग्रेस नील
रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेस नील भएको छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा सत्ता गठबन्धनबाट कोही उम्मेदवारले जित निकाल्न नसकेपछि कांग्रेस निल भएको हो ।