• १३ साउन २०८१, आइतबार

मुगुको प्रदेश (ख) बाट माओवादीका शाही विजयी

blog

हरिकृष्ण ऐडी 

मुगु, मङ्सिर १० गते । मुगु जिल्लाको निर्वाचन क्षेत्र नं. को प्रदेश सभा (ख) बाट गठबन्धनका तर्फबाट  नेकपा (माओवादी केन्द्र) का उम्मेदवार  मंगलबहादुर शाही विजयी हुनुभएको छ ।

शाहीले आठ हजार ४३९ मत प्राप्त गरी विजयी  हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का कर्णबहादुर मल्लले चार हजार ८९३ मत प्राप्त गर्नुभएको छ ।

जिल्लामा ३५ हजार ४८५ मतदाता सङ्ख्यामा २६ हजार ५०५ मतदान खसेको मुख्य निर्वाचनको कार्यालयले जानकारी गराएको छ । छ सय ८५ मतपत्र बदर भएको मुख्य निर्वाचन कार्यालयका अधिकृत दिलबहादुर बर्देवाले जानकारी गराउनुभयो ।

 मुगुमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचितहरु । तस्बिर : हरिकृष्ण ऐडी