मुना हमाल
सुर्खेत, असार २० गते । रोपाइँ गरिरहेको बेला चट्याङ पर्दा सुर्खेतमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो ३ बजे भेरीगंगा नगरपालिका –८ कुइरेमा रोपाइँ गरिरहेको समयमा चट्याङ पर्दा सोही ठाउँका डिलबहादुर शाहीको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते हुनुभएका शाहीलाई उपचारका लागि मेहेलकुना अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसी मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।
यस्तै, चट्याङमा परेर चार जना घाइते हुनु भएको छ । भेरीगंगा –८ कुइरेका १७ वर्षीय पर्वत बिक, १९ वर्षीय हुमबहादुर थापा, १८ वर्षीय नविन विक र ३० वर्षीय सुनिता गिरी घाइते हुनुभएको छ । उहाँको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।