• १६ वैशाख २०८१, आइतबार

मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी

blog

डिगबहादुर लिम्बू । तस्बिर : हरि कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर १० गते । नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट  ४३० मतान्तरले प्रतिनिधि सभाको सदस्यमा विजयी हुनु भएको छ ।

लिम्बूले नेकपा एमाले उम्मेदवार निवर्तमान सांसद घनश्याम खतिवडालाई हराउँदै प्रतिनिधि सभाको  सदस्य निर्वाचित हुनुभएको हो ।

लिम्बूले  २७ हजार २९७   मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार खतिवडाले २६ हजार ८६७  मत प्राप्त गर्नुभयो ।

दोस्रो संविधान सभाको निर्वाचनमा तत्कालीन मोरङ ९ बाट घनश्याम खतिवडालाई हराएर संविधानसभा छिर्नु भएका  खतिवडा २०७४ को आम निर्वाचनमा लिम्बूलाई हराएर सिंहदरबार छिर्नुभयो ।

संविधान सभा र प्रतिनिधि सभा गरी तेस्रोपटक आमन्ने सामने भएका लिम्बू र खतिवडा दुबैजना उत्तरी मोरङको लेटाङ निवासी हुनुहुन्छ । मतगणना सुरु भए देखि एमाले उमेदवार खतिवडाले अग्रता कायम राखे पनि अन्तिम दिन आज बिहानदेखि लिम्बू झिनो मतले अघि लाग्नु भएको थियो । मोरङ १ मा १४ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।