• ८ चैत २०८२, आइतबार

साधारण परिवेशबाट प्रेरणादायी उदाहरण

blog

विष्णुप्रसाद पोखरेल 

दमक, चैत ७ गते    । झापा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा निवर्तमान उपसभामुख इन्दिरा रानामगरको जीवन कथा साधारण परिवेशबाट असाधारण यात्रासम्मको प्रेरणादायी उदाहरण बनेको छ ।

स्व. प्रताप रानामगर र स्व. मनमाया रानामगरकी कान्छी छोरीका रूपमा उहाँ झापाको अर्जुनधारामा २०२७ सालमा जन्मनुभएको हो । बाल्यकालदेखि नै सङ्घर्ष गर्र्दै र अभावसँग पैँठेजोरी खेल्दै उहाँ निरन्तर अगाडि बढ्नुभयो । उहाँका लागि शिक्षा सहज पहुँचमा थिएन त्यसैले १२ वर्षको उमेरमा कक्षा ४ बाट औपचारिक शिक्षा सुरु गर्नुभयो । उहाँको दृढ इच्छाशक्ति र पढाइप्रतिको लगावले निरन्तर अध्ययनलाई अगाडि बढाउनुभयो । 

अर्जुनधाराकै महारानीगन्ज प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिनुभएकी उहाँले समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । जब उहाँले प्रसिद्ध साहित्यकार पारिजातसँग भेट गर्नुभयो अध्ययनसँगै उहाँको जीवनले नयाँ मोड लियो । यो भेटले उहाँमा नयाँ ऊर्जा थप्यो ।  

पारिजातसँगको सङ्गतले उहाँलाई समाजप्रति जिम्मेवार बन्ने प्रेरणा मिल्यो । काठमाडौँमा अध्ययनका लागि घर छाडेर आउँदा पारिजातले उहाँलाई संरक्षण दिनुभयो । उहाँको व्यक्तित्व निर्माणमा पारिजातको संरक्षण महìवपूर्ण बन्यो । उहाँ एक दिन कारागार भ्रमणमा जानुभएको थियो । त्यसै व्रmममा कैदीबन्दीका सन्तानको दयनीय अवस्था प्रत्यक्ष देखेपछि उहाँको मन थामिएन । 

जेलभित्र सजाय भोगिरहेका आमाबुवाका साना बालबालिका शिक्षा, संरक्षण र स्नेहबाट वञ्चित भएको दृश्यले उहाँको मनलाई गहिरो चोट पु¥यायो । यही दृश्यले उहाँलाई सामाजिक अभियानतर्फ अग्रसर गरायो । उहाँले त्यसपछि ‘बन्दी सहायता नेपाल’ नामक संस्था स्थापना गर्नुभयो । कैदी आमाका सन्तानलाई सुरक्षित बाल्यकाल, शिक्षा र आधारभूत अधिकार सुनिश्चित गर्ने काम सुरु गर्नुभयो । तीन दशकभन्दा बढी समयदेखि यस क्षेत्रमा सव्रिmय उहाँले सयौँ बालबालिकाको जीवनमा उज्यालो भर्नुभएको छ । उहाँलाई अहिले पनि धेरैले ‘आमा’ भन्ने गर्छन् । आफूलाई आमा भनेर चिनाउन पाउँदा नै गर्व लाग्ने उहाँले बताउने गर्नुभएको छ । धेरै असहाय बालबालिकालाई पुनर्जन्म दिनुभएको छ । 

यसअघिको प्रतिनिधि सभाबाट उहाँको  संसदीय र राजनीतिक जीवन सुरु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट अघिल्लो प्रतिनिधि सभामा उहाँ समानुपातिक सूचीबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको थियो । अघिल्लो प्रतिनिधि सभामा उहाँ उपसभामुख बनेर भूमिका निर्वाह गर्नुभयो ।  

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उहाँ आफ्नो गृहनगर रहेको झापाको क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनमा निवर्तमान सभामुख देवराज घिमिरेलाई ठुलो मतान्तरले पराजित गर्दै विजयी बन्नुभयो । मगरले ६० हजार ११० मत ल्याउँदा एमालेका घिमिरेले ११ हजार ३६८ मत ल्याउनुभयो । 

उहाँले सुशासन र परिवर्तन मुख्य नारा बनाउनुभएको थियो भने बालबालिका र महिला  अधिकारका विषय पनि चुनावी मुद्दा रहेका थिए । उहाँले निर्वाचनअघि घरदैलोमा जाँदा गरेका वाचा पूरा गर्ने बताउँदै मतदातालाई धन्यवाद दिन पनि घरदैलो गर्नुभएको थियो । जनताले चाहे अनुसारको परिवर्तन र अपेक्षा अनुसारको काम गरेर देखाउने दृढ अठोटका साथ आफू अघि बढ्ने उहाँले बताउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “मप्रति यहाँका नागरिकको विश्वास छ त्यसलाई मर्न दिन्न ।” यहाँका नागरिकको समस्या र आवाजलाई संसद्सम्म पु¥याउने उहाँको प्रतिबद्धता छ । 

उहाँ सन् २०१७ मा ‘बिबिसी एक सय महिला’ सूचीमा समावेश हुनुभएको थियो । प्रेरणादायी तथा सिर्जनशील महिलाका रूपमा सार्वजनिक गरेको थियो । सन् २००५ मा अमेरिकाको अशोका फउन्डेसनको अशोका फेलो सम्मान, सन् २००९ मा उहाँलाई एसिया सोसाइटीले ‘एसिया २१ युवा नेता सार्वजनिक सेवा पुरस्कार’, सन् २०१४ मा विश्व प्रसिद्ध ‘वर्ड चिल्ड्रेन अनरेरी पुरस्कार’ लगायतबाट उहाँ पुरस्कृत र सम्मानित बन्नुभएको थियो ।