शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत ८ गते । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा १२ हजार ५०० र चाँदी ३५५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५४० कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ८९५ कायम भएको थियो । अघिल्लो दिन प्रतितोला सुन तीन लाख दुई हजार ३०० र प्रतितोला चाँदी पाँच हजार १० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस