• १२ साउन २०८१, शनिबार

सुनसरी क्षेत्र नम्बर २ मा एमालेका भीम आचार्य निर्वाचित

blog

गोरखापत्र अनलाइन

सुनसरी, मंसिर १० गते । सुनसरी २ मा नेकपा (एमाले) का उम्मेदवार भीम आचार्य निर्वाचित हुनुभएको छ । उहाँ ३२ हजार ८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम मेहताई पराजित गर्दै निर्वाचित हुनुभयो । आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दा मेहताले २६ हजार ५८ मत प्राप्त गर्नुभयो । 

पहिलो पटक २०६४ को पहिलो संविधानसभामा  उहाँ सुनसरी ६ बाट निर्वाचित हुनुभएको थियो । २०७० मा समेत सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो भने २०७४ को निर्वाचनमा सुनसरी–१ (क) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । उहाँ छोटो अवधिका लागि प्रदेश १ को मुख्यमन्त्रीको पनि जिम्मेवारी सम्हाल्नु भएको थियो ।